परिचय

स्वास्थ्य प्रणालीलाई शुद्दृढ गर्न संघिय संरचनाको ढाँचा अनुसार हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा, स्वास्थ्य मन्त्रालयले प्रदेश स्तरमा र स्वास्थ्य शाखाले स्थानीय तहमा स्वास्थ्य सम्वन्धि कार्यको भूमिका निर्वाह गरिरहेको छ l स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय मातहतमा स्वास्थ्य कार्यालयले स्थानीय संस्थाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गरिरहेको छ l वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतमा प्रदेशभर १३ वटा जिल्लामा रहेका जिल्लास्तरीय कार्यालयहरुमध्ये एक यस कार्यालयको कार्यक्षेत्र रहेको काठमाडौं जिल्लामा ११ वटा स्थानीय तहमा ११ वटा स्वास्थ्य शाखाहरुले स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । ति ११ वटा स्थानिय तहहरुमा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका पर्दछन् ।