वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
स्वास्थ्य प्रणालीलाई शुद्दृढ गर्न संघिय संरचनाको ढाँचा अनुसार हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा, स्वास्थ्य मन्त्रालयले प्रदेश स्तरमा र स्वास्थ्य शाखाले स्थानीय तहमा स्वास्थ्य सम्वन्धी कार्यको भूमिका निर्वाह गरिरहेको छ l बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय मातहतमा स्वास्थ्य कार्यालयले स्थानीय संस्थाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गरिरहेको छ l वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय मातहतमा प्रदेशभर १३ वटा जिल्लामा रहेका जिल्लास्तरीय कार्यालयहरुमध्ये एक यस कार्यालयको कार्यक्षेत्र रहेको काठमाडौं जिल्लामा ११ वटा स्थानीय तहमा ११ वटा स्वास्थ्य शाखाहरुले स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । ती ११ वटा स्थानिय तहहरुमा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, शंखरापुर नगरपालिका पर्दछन् ।
यस कार्यालयको मुख्य उद्देश्य काठमाडौं जिल्लाभरका जनतालाई गुणस्तरीय जनस्वास्थ्य सेवा प्रदान गर्नु हो। यस कार्यालयले जिल्लामा स्वास्थ्यसम्बन्धी नीति, योजना, अनुगमन, र नियमनका कार्यहरू प्रभावकारी रूपमा संचालन गर्दछ । जनस्वास्थ्य कार्यालय, काठमाडौंले विभिन्न जनस्वास्थ्य कार्यक्रमहरूको समन्वय र व्यवस्थापन गर्दै स्वास्थ्य सेवाहरूलाई सरल र पहुँचयोग्य बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। यसमा खोप अभियानहरू, सरुवा रोगहरूको रोकथाम तथा नियन्त्रण, पोषण सुधार कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवाहरू, स्वास्थ्य शिक्षा, र समुदायमा स्वास्थ्य सचेतना फैलाउने कार्यहरू प्रमुख रूपमा पर्छन्। साथै, कार्यालयले संक्रामक र गैर-संक्रामक रोगहरूको अनुगमन, रोकथाम र नियन्त्रणको लागि विशेष पहलहरू पनि सञ्चालन गर्दै आएको छ। यसले काठमाडौं जिल्लामा हुने महामारी नियन्त्रण, खोप कार्यक्रमहरूको व्यवस्थापन, तथा पोषण सुधार अभियानहरूमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
अर्को महत्वपूर्ण पक्ष भनेको, कार्यालयले वातावरणीय स्वास्थ्य, खानेपानी तथा सरसफाइका कार्यक्रमहरू, विभिन्न स्वास्थ्य शिक्षा तथा चेतना अभिवृद्धि अभियानहरू संचालन गर्दै आएको छ। यसले समग्र जिल्लावासीको स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य जोखिम न्यूनीकरण, दिर्घरोग नियन्त्रण, मानसिक स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सक्रिय रहेको छ। यस कार्यालय विभिन्न सथानीय तहसँग सहकार्य गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्न, नीति निर्माणमा सघाउन, र नवीन प्रविधिको प्रयोग गरी जनस्वास्थ्य सुधार्न निरन्तर क्रियाशील छ। यसका माध्यमबाट कार्यालयले स्वस्थ, सक्षम र सशक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।